Nepal Khabar नेपाल खबर

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु

0.9K

भक्तपुरबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुदै रोजगारीका लागि विदेशमा चालिस लाख युवाहरु भौतारिरहेको बताउँदै अहिले सरकार बेरोजगारीको समस्या समाधान गर्नतर्फ केन्द्रित भएको बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल नेपालको एप्स उद्घाटन गर्दै अब सबै नगरपालिका र गाँउपालिका पुर्ण रुपमा डिजिटल हुने बताउनुभयो । देशका ७ वटै प्रदेशहरु डिजिटल नेपाल तर्फ प्रवेश गरिसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब देश नयाँ ढङ्गले अघि बढ्न तयार भइसकेको बताउनुभयो । ‘नेपाल उर्वरभूमि र युवा जनशक्तिको देश भएकोले यहाँ कोही भोकले मर्दैन भन्ने मुल नारा नै दिएको हो,’ उहाँले भन्नुभयो, ‘काम गर्न सक्नेले काम गनुपर्छ ।’

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले काम गर्ने श्रमजिवी जनताहरुलाई सामाजिक सुरक्षाले जीवनलाई सुनिश्चत पार्ने विश्वास दिलाउनुभयो । साथै उहाँले आउँदो ५ वर्ष कम्तिमा ५ लाख युवाहरुलाई रोजगार प्रदान गर्ने गरी सरकारले तयारी थालेको दोहो¥याउनुभयो । १५ सयले बेरोजगारीको सूचीमा नाम दर्ता गराएकामध्ये ८ सय २६ बेरोजगार युवाले रोजगारी पाएका छन् ।