Nepal Khabar नेपाल खबर

पोखराको पक्की घरमै चट्याङले हान्यो (तस्विर सहित) करिश्मा मानन्धरको घरमा पनि चट्याङ (भिडियो)

2.7K

अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । गोदावरीस्थित उनको निवासमा चट्याङ परेको हो ।

चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । मानवीय क्षति भने भएको छैन्

पोखराको पक्की घरमै चट्याङ

पोखरामा गड्याङगुडुङ र हावाहुरीसँगै वर्षा भयो । आधा दर्जन बढी पटक डरलाग्दो चट्याङ समेत चड्कियो ।

चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ । घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल परेको छ । भाग्यवश मानवीय क्षति भने हुन पाएन । यस विषयमा घर धनी बोल्न चाहेनन् । कास्की प्रहरीले यस विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दियो ।

प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसँगै आगोको मुस्लो घरतिर आएको थियो । शहर बीचमै यसरी चट्याङले हान्दा स्थानीय चिन्तित छन् । घर निर्माणका क्रममा एन्टीलाइटिङ अर्थिङ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

- Source : www.gandaknews.com