Nepal Khabar नेपाल खबर

भक्तपुरबाट सुरु भयो होली

371

फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पुर्णिमा २०७५ फागुन ३० बिहिबार बाट सुरु भएको छ ।

फागुण शुक्ल अष्टमीको दिन  भक्तपुर स्थित दत्तात्रयको भिमसेन मन्दिरमा चिर स्वायगू अर्थात चिरोथान होली पर्वको सुरुवात भएको हो ।

एक हप्ता अघि भक्तपुरको दत्तात्रयमा चिरोथान गरीन्छ । नेपाल भाषाबाट लज्ज अर्थात भिमसेनको लिङ्ग प्रतिकको रुपमा काठको मुढालाई नगरको विभिन्न क्षेत्र परिक्रमा गराइन्छ भने पुनः दत्तात्रयमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याएर राख्ने प्रचलन रहेको छ । यस लिङ्गलाई  होली पूर्णिमासम्म मन्दिरमा झुन्ड्याएर राखिन्छ ।

होली सुरु भएको दिन बिहानपख आज कमलपोखरीमा लिङ्ग पखालेर सफा गरि ल्याउने र पूर्णिमाको साँझ सो भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने गरिन्छ । लज्जा बोकेर पखालेर ल्याउने ब्यक्तिको पुत्रलाभ हुने जनविश्वास रहेको छ ।