Nepal Khabar नेपाल खबर

प्रहरीको साख र छवि उचाल्दै एसएसपी छविलाल जोशी : सभ्य संस्कार प्रहरीबाटै

34.5K
 प्रहरी मेरो साथी अभियानलाई व्यवहारमा लागू गर्न सभ्य प्रहरी संस्कारमा जोशीको पाइला  जोशी भन्छन्, प्रहरी भन्ने वित्तिकै फोहर शब्द बोल्नुपर्छ भन्ने छ, त्यो अब हुदैन । सभ्य संस्कारको विकास प्रहरीबाटै गर्नेछु।   एसएसपी जोशीको खरो विश्लेषण : साइरन बजाउदै हिँड्नु सुरक्षा होइन, आठ बजे नै बन्द गराउनु पनि सुरक्षा होइन। रातभर सुरक्षित महसुस गरेर व्यापार गर्न पाउनु नै सुरक्षा हो।     प्रस्तुति : भरतराज    यतिबेला काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी छविलाल जोशीले सम्हालिरहेका छन् । प्रहरी संगठनको छविलाई उँचो बनाउने प्रयासमा अहोरात्र खटिरहेका छन्, काठमाडौंका प्रहरी प्रमुख छविलाल जोशी । २०४५ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका जोशीले यसअघि बझाङ, कञ्चनपुर, सप्तरी, पर्वत र धनुषा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सफलापुर्वक सम्हालिसकेका छन्। नारा र योजनाभन्दा नि गलत गर्नेले सजाय र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने अर्थात असल नागरिकलाई कानूनी राज्यमा दुःख भोग्ने अवस्था नपरोस् भन्ने चिन्तनमा जोशी लागि परेका छन् । जोशी भन्छन्, काठमाडौं अत्यन्तै सचेत ठाउँ हो। यहाँ उच्च वर्गका नागरिकहरु बसोबास गर्छन्। यही ठाउँमा सचेत कर्मचारीतन्त्र छ, यहाँ गुण्डागर्दी छ, दादागिरी गर्नेहरु पनि छन्। राजनीतिक नेक्ससहरु छ, बदमास प्रहरी पनि यही ठाउँमा छन्। सबै क्षेत्रको केन्द्रविन्दु भएको हुँदा सबैलाई सन्तुलित ढंगले मिलाएर लाने रणनीति नै मेरो मुख्य रणनीति हुन्छ।  टीमवर्कमा काम गर्न स्वभाव भएका छविलाल जोशी प्रतिफलको क्रेडिट पनि टीमलाई दिनुपर्ने मान्यतालाई जोड दिनुहुन्छ । यहाँ एक जनाले गरेर हुने भन्दा पनि टिमवर्क नै हो। टिमले गर्ने काम हो, अहिलेसम्मका मित्रहरुले आफूले मात्र क्रेडिट लिएको देखियो। आफ्नो टिमलाई र आफ्ना मातहतका निकायहरुलाई वेवास्ता गरेको जस्तो देखिएको छ। सबै मिलेर सुरक्षित राजधानी बनाउने सोचलाई सुरक्षा टीमवर्कको तालमेल मिलाएर अगाडी बढ्ने सोचमा जोशी दिनरात खटिदै आएका छन् । प्रहरीमाथि लागेको आरोपलाई शून्य पार्न जोशीले सभ्य प्रहरी सुरक्षा व्यवस्थालाई अगाडी बढाएका छन् । जोशी भन्छन्, प्रहरी भन्ने वित्तिकै फोहर शब्द बोल्नुपर्छ भन्ने छ, त्यो अब हुदैन । सभ्य संस्कारको विकास प्रहरीबाट गर्नेछु। प्रत्येक प्रहरी व्यवसायिक मात्र नभएर मिठास प्रहरी पनि हुनेछ। मुस्कान सहितको प्रहरी र प्रहरी मेरो साथी अब व्यवहारमा लागू हुन्छ। जोशीको शब्दमा अब कुनै पनि मानिसले डराएर हिँड्नु पर्ने अवस्था आउदैन र अनाहकमा कसैले दुख पनि पाउदैन। ढुक्क भएर काम गर्नुस् तर जिम्मेवार भएर गर्नुस् यहाँका मानिसले प्रहरी हाम्रो सेवाका लागि हुन् भन्ने बुझेका छन्।  मेरो मातहतका निकायका प्रहरीहरुले  मसँगै काम गर्ने हो। मेरो सफलतामा सबैको सफलता हुने र उहाँहरुको सफलता नै मेरो सफलता हो। त्यसैले मिलेर काम गरौं भन्ने नै मेरो निर्देशन छ। एक्लै क्रेडिट लिने काम नगरेर सबै सफल हुने काम गरौं भन्ने सबैलाई मेरो सन्देश छ ।  छविलालको खरो विश्लेषण यस्तो छ, देश नै राजनीतिमय छ, त्यसकारण राजनीतिले मलाई पनि छुदैन भन्न मिल्दैन। तर राजनीतिक साथीहरुले भनेका कुराहरुलाई दबाबको रुपमा लिन हुँदैन। त्यसलाई त सल्लाह र सुझावको रुपमा लिनुपर्छ। यसले पनि धेरै कुराको जानकारी हुँदो रहेछ। गलत व्याख्या गरेर नै यसलाई राजनीतिक दबाब भनिएको हो। राजनीतिक दबाब आउँछ भन्नु भनेको आफ्नो कामलाई कभर लगाउनु मात्र हो जस्तो मलाई लाग्छ।  साइरन बजाउदै हिँड्नु सुरक्षा होइन, आठ बजे नै बन्द गराउनु पनि सुरक्षा होइन। रातभर सुरक्षित महसुस गरेर व्यापार गर्न पाउनु नै सुरक्षा हो।  - स्रोत : थाहाखबर डट कम बाट सम्पादित 
Loading...