Nepal Khabar नेपाल खबर

पोलेको नेपाली मःमको स्वादमा आधुनिक नेपाली फुड फेष्ट

7.8K
नागरिकपोष्ट (न्युज, फोटो तथा भिडियो ब्लग)

हामीले मःमका सबै प्रकारको स्वाद चाखिसकेका छौं तर आगोको भुग्रोमा पोलेको मःम सायद कमैले मात्र खाएका होलाउ । पोलेको आलुको स्वाद पाएका हामी पोलेको मःम पाए नखाने त पक्कै छैनौं । होलीको अवसर पारेर यही फाल्गुन २७, २८ र २९ गते ग्यास्टोनोमी आधुनिक नेपाली फुड फेष्ट हुदैछ । जहाँ एक सय रुपैयाँमा आधुनिक नेपाली खानको मज्जा लिन पाइनेछ भने पोलेको मःम र लेकाली चेकन विशेष आकर्षण रहनेछ । 

३ दिनसम्म हुने आधुनिक नेपाली फुड फेष्ट सम्राट गार्डेन रेष्टुरेन्ट, रेडहन पुल सामाखुशीमा हुने आयोजकले बताए । सेफ महेश ढकाल र ग्यास्टोनोमी पर्यटन अभियानकर्ता सुरेशचन्द्र बस्नेतको युवा टिमले नेपाली खानको स्तरलाई आधुनिक स्वादमा पस्कनेछन् भने यो खाना हाइजेनिक र स्वास्थ्यवद्र्धक समेत रहेको दाबी सेफ महेश ढकालको छ । Displaying unnamed (3).jpg

पर्यटन सत्कार र उद्योग क्षेत्रमा विगत ५ वर्षदेखि काम गर्दै आएको हस्पिटालिटी फाउण्डेसन अफ नेपालले यो फुड फेष्ट गर्न लागेको हो । नेपाली खानको आधुनिकी परिकारहरुको  प्रबद्र्धन गर्ने उद्देश्यले यस फाउण्डेसनले एक दर्जनभन्दा बढी हस्पिटालीटि इभेन्टहरु गरिसकेको जनाएको छ ।

Loading...